दाङ, २१ भदौ । पहिरोका कारण अवरुद्ध बनेको कपुरकोट-तुलसीपुर सडकखण्ड करिब ११ घण्टापछि संचालनमा आएको छ । गएरातीको अविरल वर्षापछि पहिरो जाँदा कपुरकोट-तुलसीपुर सडकखण्ड अवरुद्ध भएको थियो ।
सडकखण्ड अन्तर्गत पर्ने राम्री, चोरखोला लगायतका ठाउँको पहिरो हटाएपछि सडक संचालनमा आएको सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।
सडक संचालनमा आएपछि बिचबाटोमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । गएराती ९ बजेतिर राम्रीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
प्रकाशित मिति : २०८१ भाद्र २१ गते शुक्रवार