
दाङ, २१ साउन । शुक्रबार साँझ परेको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का विभिन्न ठाउँका सडक तथा घरमा क्षति गरेको छ भने खोलामा आएको बाढीले जग्गा कटान समेत गरेको छ ।
वर्षातका कारण तुलसीपुर-७ को जानकी टोलको भोटेमार्गमा क्षति गरेको छ । राप्ती राजमार्ग संग जोडिएको सडकलाई वर्षाले चिराचिरा पारेपछि यातायातका सवारीसाधन आवागमनमा समस्या आएको स्थानीय राजकुमार धितालले बताउनुभयो ।

वर्षातका कारण चिरा परेको तुलसीपुर-७ को जानकीटोलको भोटेमार्ग
उहाँले सोमबार अनुगमनमा पुगेका तुलसीपुर- ७ का वडा अध्यक्ष राम बहादुर जिसी, वडा सदस्य डिला विश्वकर्मा, दिवानी चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्राविधिक प्रमुख दिनेश गुप्ता लगायतलाई सडक मर्मतका लागि अनुरोध समेत गर्नुभयो ।

वर्षातका कारण चिरा परेको तुलसीपुर-७ को जानकीटोलको भोटेमार्गमा वडाअध्यक्ष रामबहादुर जिसीसहितको टोली
सडकलाई वर्षाले क्षति पुर्याएपछि तरकारी बिक्रिका लागि बजारसम्म लैजान समस्या छ । त्यस अवसरमा वडा अध्यक्ष रामबहादुर जिसीले सडक तत्काल मर्मत गरी सवारी आवागमनलाई सहजता बनाउने बताउनुभयो ।
यस्तै वर्षातका कारण मावि कालाखोला परिसरमा रहेको शिब मन्दीरको पर्खाल भत्किएको छ ।

यस्तै पुलको दक्षिणतर्फको भाग खोलाले कटान गर्न पुल जिणर् बन्न थालेको विद्यालयका प्रधानाध्यापक राजिव ओझाले बताउनुभयो ।

पुलको दक्षिणतर्फको भागमा कटानबाट रोक्नका लागि आवश्यक पहल गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । यसैगरी रानीघाट खोलाले घोराही-तुलसीपुर सडकखण्डमा पर्ने पुलको पूर्वतर्फ कटान गरेको छ । खोलाले विद्युतका पोलमा समेत क्षति पुगेको छ ।

यस्तै सिम्रा गाउँमा पनि रानीघाट खोलाले कटान गर्दा करिब ५० घरधुरी जोखिममा परेको कमानसिंह विश्वकर्माले बताउनुभयो ।

खोलाले पूर्वतर्फको भाग कटान गर्दा खेत समेत कटान गरेको छ ।

यस्तै सेन्टर बम्नैमा बैकुण्ठ शबदाह गृह नजिकै रानीघाट खोलाले कटान गरेको छ ।

कटान गरेको ठाउँमा तटबन्धन निर्माणका लागि आवश्यक पहल गरिने वडा अध्यक्ष जिसीले बताउनुभयो ।
यस्तै खोलामा मल्टीबक्स कल्भर्ट निर्माण गरी दुई वस्तीको आवागमनलाई सहजता बनाउने उहाँले बताउनुभयो । यस्तै बेत्रावतीमा खोलाले पिताम्बर केसी, कौसीला केसी, दोणर् केसी लगायतको खेत कटान गरेको छ ।

वर्षेनी समस्या भएकाले यसको समाधान गरिदिन कौसीलाले सबैमा आग्रह गर्नुभएको छ ।
यस्तै मोहनपुरमा एउटा घर र गोठ भत्किएका छन् ।


यस्तै पर्सेनी-खाद्रे सडकखण्ड अन्तर्गत पर्ने बेतने खोलामा तत्काल जालीले मर्मत गरी पुलको लागि आवश्यक पहल गर्ने वडा अध्यक्ष जिसीले बताउनुभयो ।

सोमबार वडा अध्यक्ष जिसीको नेतृत्वमा प्राविधिक सहितको टोलीले वर्षाका कारण क्षति भएका ठाउँको अनुगमन गरेको हो ।