२०८१ फाल्गुन ७ गते बुधवार

कालाखाेलाले दुई वटा अटाे बगायाे, कम्तिमा पाँच जना वेपत्ता भएको अनुमान

दाङ, १८ साउन । दाङमा काला खाेलाले दुई वटा अटाे बगाएको छ । तुलसीपुर-घाेराही सडकखण्ड अन्तरगत तुलसीपुर-७ मा पर्ने कालाखाेला र पर्सेनि- खाद्रे सडक खण्डमा पर्ने साेहि खाेलाकाे शिरले शुक्रबार आज राती करिब साढे ८ बजेतिर दुईवटा अटाे बगाएको हाे ।

अटाेमा सवार कम्तीमा पाँच जना वेपत्ता भएकाे तुलसीपुर-७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।

वेपत्ता अटाे र यात्रुकाे अहिले प्रहरी, जनप्रतिनिधि र स्थानीयले खाेजि गरिरहेकाे उहाँले बताउनुभयो । रातीमा भएका कारण पनि खाेज्न कठिन भएकाे छ ।

शुक्रबार राती परेकाे वर्षापछि कालाखाेलामा कचवेमाथिबाट पानीकाे सतह आएकाे छ । पानीको सतह बढेका कारण साना सवारीसाधनलाई आवागमनमा समस्या भएको छ ।

निरन्तरकाे वर्षाषातका कारण बेत्रावती खाेलामा आएकाे बाढीले सुँगुरका पाठा पनि बगाएको छ । ग्वारखाेलामा पनि जल सतह बढेकाे छ ।

प्रकाशित मिति : २०८१ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस