
तुलसीपुर, १३ साउन । दाङको तुलसीपुरमा अटोको ठक्करबाट एक किशोरी गम्भिर घाइते भएकी छन् । अटोको ठक्करबाट तुलसीपुर–१० गोलौरा निवासी १६ वर्षीया ललिता बिक गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता, प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ६६०६ नम्बरको अटोले तुलसीपुर–१२ रजेना मन्दिर नजिकै ललितालाई ठक्कर दिएको हो ।
अटोको ठक्करबाट गम्भिर घाइते किशोरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुरकै सिटी हस्पिटलमा लगिएको छ । किशोरीलाई ठक्कर दिने अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार