दाङ, १२ साउन । तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । शनिबार (आज) दिउँसो करिब २ बजेतिर तुलसीपुरबाट पश्चिम जादै गरेको रा ६ प १०१४ नम्बरकोे मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ५ प १९३९ नम्बरको मोटरसाइकल तुलसीपुर-८ चमेखोलामा एक आपसमा ठोक्किदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा रा ६ प १०१४ नंम्बरको मोटरसाइकल चालक तुलसीपुर-९ का २२ वर्षका संगित चौधरी रहनुभएको छ । उहाँको दुवै हात र खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । चौधरीको अबस्था मध्यम रहेको छ ।
यस्तै रा ५ प १९३९ नम्बरको मोटरसाइकल चालक सल्यान कालिमाटी गाउँपालिका ३ का ३३ वर्षका हर्क बहादुर वलीको दुवै हात खुट्टा र निधारमा चोट लागेको छ । यस्तै मोटरसाइकलमा पछाडि सवार उहाँको छोरा १० वर्षका डिम्पल वलीको शरिरमा भित्रि चोट रहेको प्रहरीले जनाएको छ ।
घाईते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


