दाङ, १० साउन । गतअसार २८ गते त्रिशूली नदीमा खसेको दुई बसका ४३ यात्रु अझै वेपत्ता छन् । घटनाको १३ दिन लागेको छ तर हालसम्म २५ जनाको शव फेला परेको छ । शवमध्ये पनि १९ जनाको शवको मात्र सनाखत हुन सकेको छ । अझै बससँगै ४३ यात्रु हराइरहेकै छन् ।
दुई वटा बसमा सवार ६५ जनामध्ये तीन यात्रुले पौडिएर बाँचेका थिए । नेपाली सुरक्षाकर्मीसँगै भारतीय प्राविधिक अत्याधुनिक उपकरणसहित खोजीमा निरन्तर जुटिरहँदा पनि अपेक्षित सफलता हात लाग्न सकेको नसकेको चितवन जिल्ला प्रशासनले जनाएको छ ।
सरकारको अनुरोधमा भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)का प्राविधिक नेपाल आएका छन् । एनडीआरफको १२ जनाको टोलीमा चार जना गोताखोर र तीन वटा सोनार क्यामेरा छन् । शनिबार चितवन आइपुगेका भारतीय टोलीले आइतबार बिहानदेखि खोजी गरिरहेका छन् । तर भारतीय टोलीले पनि बसको पत्तो पाउन सकेको छैन ।
प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार