दाङ, ७ साउन । दाङमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीमा मोटरसाइकलले ठक्कर दिँदा सोहि ठाउँ निवासी चन्द्र प्रसाद चौधरीकी १० वर्षिया छोरी स्वस्तिका चौधरीको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालका अनुसार आइतबार बेलुका पौने आठ बजेको समयमा स्वस्तिकाले बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ गईरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक गढवा गाउँपालिका– २ महादेवा निवासी २९ वर्षिय अपिल शर्मा पनि घाइते भएको प्रहरीले जनाएको छ । शर्माको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।