२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङबाट सल्यानतर्फ जाँदै गरको जिप दुर्घटना, ११ जना घाईते


दाङ, ५ साउन । दाङबाट सल्यानतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी ११ जना घाइते भएका हुन् ।

तुलसीपुरबाट सल्यानको कालिमाटीतर्फ जाँदै गरेको लु १ ज १३८३ नम्बरको जिप शनिबार (आज) दिउँसो ३ बजेतिर दाङ – सुर्खेत सडकखण्डको दंगिशरण गाउँपालिका-७ बोकटीस्थित दुर्घटनामा परेको हो ।

जिपले अटोलाई बचाउने क्रममा सडकबाट अन्दाजी २ मिटर टाढा पल्टीएर दुर्घटना हुन पुगेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी जिप चालकसहित सल्यानको कालिमाटी गाउँपालिकाका १० जना र बर्दियाका एक जना गरी ११ जना घाइते भएका छन् । दुर्घटनामा परी जिप चालक सल्यानको कालीमाटी गाउँपालिका-२ का ४१ वर्षिय खिम बहादुर बोपाल मगर, सोहि ठाउँकै ५४ वर्षिय हुकुमराज पुन, कालिमाटी-३ का १६ वर्षिय किरण बोहरा, ३ का १४ वर्षिय बिपिन केसी, ३ कै १० वर्षिय आरती थापा, ३० वर्षिय गणेश केसी घाईते हुनुभएको छ ।

यस्तै सोहि ठाउँकै ५० वर्षिय धनसरा खत्री, १५ वर्षिय करिष्मा खत्री, बर्दियाको बासगडी नगरपालिका ४ का ३८ वर्षिय संगिता राणा घाईते हुनुभएको छ । दुर्घटनामा परी कालिमाटी गाउँपालिका वडा नम्बर १ का गाडी मालिक ४१ वर्षिय हरि बहादुर बिष्ट सामान्य घाइते हुनुभएको छ । घाईते सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस