२०८१ माघ ६ गते आइतवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते


दाङ, ३० असार । तुलसीपुरमा तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

आइतबार (आज) दिउँसो करिब ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ पिपलबोटमा भएको दुर्घटनामा परी मोटरसाइकल चालक तुलसीपुर-५ का ३३ वर्षिय राम प्रसाद नेपाली घाईने हुनुभएको हो ।

घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती लाईफ केयरमा रिफर गरिएको छ । उहाँलाई टाउको, ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

विरेन्द्र चोकबाट बसपार्क तर्फ जादै गरेको रा १ प ४५६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस