२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुरमा जंगली च्याउ खाँदा दुई जना बिरामी

तुलसीपुर, २९ असार । जंगली च्याउ खाँदा तुलसीपुरमा दुई जना बिरामी परेका छन् । जंगली च्याउ खाएर तुलसीपुर–४ खाद्रेका ५३ बर्षका देबेन्द्र बकरी र तुलसीपुर उपमहानगरपालिका–१ भम्केका ७६ वर्षका प्रेम कुमारी बस्नेत बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बकरीले आफ्नो घर नजिकैको जंगलबाट आफैले टिपेर ल्याएको च्याउ आफ्नै घरमा पकाएर खादा बिरामी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बकरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उहाँको अबस्था मध्यम रहेको छ । यस्तै बस्नेतलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

उहाँको पनि अवस्था मध्यम रहेको छ । जंगलबाट ल्याएको च्याउ आमा छोराले खाएपनि छोरा ३१ वर्षका लाल बहादुर बस्नेतलाई भने केहि नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस