२०८३ भाद्र १८ गते बिहिवार

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६५ जना रहेको अनुमान


चितवन, २८ असार । मुग्लीन नारायणगढ सडकखण्डमा दुई वटा बस पहिरोले बगाएको छ ।

अहिले उद्धारको काम चलिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । ती बसमा चालकसहित ६५ रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उहाँका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस