
रोल्पा, २६ असार । रोल्पामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका-६ स्यालामा रा १ ख २१३१ नम्बर मिनीट्रक गएराती साढे ११ बजे दुर्घटना हुँदा चालक ३३ वर्षिय महेश थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ ।
तरकारी लोड गर्न गएको मिनिट्रक फर्किने क्रममा दुर्घटनामा परेको हो । रातीको समय भएको हुँदा के/कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले बताउनुभयो ।
मिनीट्रक सडकदेखि ५०/६० मिटर तल भिरमा अड्किएको र गाडी पूणर्रुपमा क्षति भएको इञ्चार्ज गैरेले बताउनुभयो । दुर्घटनामा परी सोही स्याला निवासीका ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते हुनुभएको छ ।
प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार