दाङ, २१ असार । दाङको तुलसीपुरमा जिपको ठक्करबाट अटो चालक गम्भिर घाइते भएका छन् । जिपको ठक्करबाट तुलसीपुर-१३ का ५४ वर्षीय अटो चालक चक्र बहादुर डाँगी घाईते हुनुभएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार जसपुरदेखी दमारगाँउतर्फ जादै गरेको रा १ ह ४३३६ नम्बरको अटोलाई विपरित दिशाबाट आउदै गरेको रा १ च ९५० नम्बरको बलेरो जिपले तुलसीपु अमेलिया सडकखण्ड अन्र्तगत तुलसीपुर-१३ बखरियामा बिहिबार बेलुका सवा ७ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज नर्सीङ होममा रिफर गरिएको उहाँले बताउनुभयो ।
डाँगीको टाउको र मुखमा गहिरो चोट लागेकाले अवस्था गम्भिर रहेको छ । ठक्कर दिने बलेरो जिपसहित चालक शान्तिनगर गाउँपालिका-६ का ३० वर्षीय अरुण चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।



