
रोल्पा, १७ असार । रोल्पामा जीप दुर्घटनामा परी ९ जना गम्भिर घाइते भएका छन् ।
माडी गाउँपालिका वडा नम्बर २ बाट तालाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका ३ परेवा छहरामा दुर्घटना हुँदा ९ जना गम्भिर घाईते भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो ।
गम्भिर घाईतेलाई उपचारका लागि घर्तीगाउँ पठाएको उहाँले बताउनुभयो ।
जिप सडकबाट करिब ४०० मिटर तल खसेको छ । यो समाचार तयार पार्दासम्म अझै उद्दारको प्रयास चलिरहेको छ ।
प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार