
रोल्पा, १७ असार । रोल्पाको तालाबाङ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । माडी गाउँपालिका-२ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जीप सोमबार आज बेलुका केहि बेर अघि परेवा छहरामा करिव ४०० मिटर तल खसेर दुर्घटना भएको पत्रकार बुद्धिमान वलीले जानकारी दिनुभयो । दुर्घटनास्थलबाट अहिले उद्धारको काम चलिरहेको उहाँले बताउनुभयो । विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार