दाङ, १७ असार । दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-१० नारायणपुरका ६० वर्षीय वसन्तबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
खैरा-कोठरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-९ अस्पारामा गुडिरहेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार


