२०८३ भाद्र १८ गते बिहिवार

राजापुरमा कार सडकबाट खस्यो


दाङ, १४ असार । तुलसीपुरमा कार दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । तुलसीपुर-घोराही सडकखण्ड अन्तगर्त तुलसीपुर-७ राजापुरमा शुक्रबार (आज) बेलुका पौने आठ बजेतिर भएको बा १६च १९५५ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कार चालक तुलसीपुर-६ का २५ वर्षिय बिजय गिरी, तुलसीपुर-१२ का २७ वर्षिय जोयल गिरी, तुलसीपुर-११ बस्ने बर्ष २७ का कृष्ण केसी घाईते हुनुभएको छ । घाईते तीनै जनाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

कारमा सवार ५ जनामध्ये अरु दुई जना सामान्य घाईते भएको उहाँले बताउनुभयो । तीन जनाको राप्ती लाईफ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस