दाङ, १० असार ।
दाङको तुलसीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका चट्याङ लागेर तुलसीपुर-४ खाद्रेका बिक्रम बिकका छोरा १० वर्षिय सुबास बिकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आफ्नै घरको आगनमा बसेर मोबाईल चलाइरहेको अवस्थामा बेलुका ६ बजेको समयमा एक्कासि चट्याङ लागेर बालक बेहोस भएका थिए ।
उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएपनि साढे ६ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालकको बाहिरी चोटपटक केही नदेखिएको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार