
दाङ, ५ असार । तुलसीपुरमा अटो र पिकअप एकआपसमा ठोकिदा २ जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार तुलसीपुर ४ केराबारीका २० वर्षका कमला वली सोही ठाउँका ६५ वर्षका तारा सेन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते वलीलाई टाउको, हात र खुट्टामा चोट लागेको भने सेनलाई दुबै हात खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
बुधबार दिउँसो सवा १ बजेतिर तुलसीपुर-७ श्रीगै स्थित तरुलेबाट आउँदै गरेको रा १ ह ७२३७ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको भे १ च ४५९२ नम्बरको पिक अप एकाआपसमा ठोकिदा दुर्घटना भएको हो ।
प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार