२०८३ जेष्ठ २५ गते सोमवार

आज तुलसीपुरका यि क्षेत्रमा आउँदैन विद्युत


तुलसीपुर, १ असार । तुलसीपुरमा आज (शनिवार) विद्युत सेवा बन्द हुने भएको छ।

तुलसीपुर वितरण केन्द्र अन्तरगत कृष्णमन्दिर र एयरपोर्ट फिडरमा ४००/२३० भोल्टको एल.टि. लाईन मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द गरीने वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो।

उहाँका अनुसार आज बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहनेछ ।

कृष्णमन्दिर र एयरपोर्ट फिडर अन्तर्गत तुलसीपुर उपमहानगरपालिका,ग लाइन,उपमहानगरपालिका अघिको २ सय के.भी.ए ट्रान्सफर्मर,मावि सेन्टर १०० के.भि.ए,सल्यान रोड विरेन्द्र चोक २ सय के.भी.ए ट्रान्सफर्मर र नेपाल टेलिकम अघि रहेको १ सय के.भि.ए ट्रान्सफर्मर लगाएतका क्षेत्रहरुमा विद्युत अबरोध हुने कार्यालयले जनाएको छ ।

तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शनिवार
प्रतिक्रिया दिनुहोस