सल्यान, २८ जेठ । सल्यानको कपुरकोट गाउँपालिकामा तेस्रो अध्यक्ष कप प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । पालिकामा नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीलाई प्रोत्साहनका लागि गाउँपालिकामा तेस्रो अध्यक्ष कप प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गर्नुभएको हो । उहाँले नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीलाई प्रोत्साहनका लागि अध्यक्ष कप प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाँले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले प्राथमिकताका साथ बजेट बिनियोजन गर्ने गरेको बताउनुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले खेलकुद क्षेत्रमा संभावना बढ्दै गएको बताउनुभयो । खेलाडीले खेलकुद क्षेत्रलाई व्यावसायिता दिन सके निकै फराकिलो दायरा रहेको उहाँको भनाई छ ।
गाउँपालिका खेलकुद विकास समितिका संयोजक शेर बहादुर पुनको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष पुनको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । प्रतियोगिता भोलिसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा भलिबल र ब्याडमिन्टन खेल संचालन हुने आयोजकले जनाएको छ । भलिबलतर्फ प्रथम हुनेलाई तीस हजार ,द्वितीय हुनेलाई बीस हजारm तृतिय हुनेलाई दश हजार पुरस्कार प्रदान गरिने छ ।
यस्तै ब्याडमिन्टनतर्फ प्रथम हुनेलाई दश हजार, दोस्रो हुनेलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिने छ ।