दाङ, २७ जेठ । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-२ बराखुट्टी निवासी ४० बर्षिय सनबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८ को बडिदमार भन्ने स्थानमा राप्ती नदीमा शनिबार बेलुका साढे चार बजेको समयमा जालहानी माछा मार्ने क्रममा एक्कासी नदीमा डुबेर बेपत्ता हुनुभएको थियो ।
खोजतलासको क्रममा करिब ५० मिटर पर नदिले बगाएर किनारमा भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक अमरबहादुर माझीले जानकारी दिनुभयो ।
मृतक पुनको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार


