२०८१ फाल्गुन ७ गते बुधवार

ज्ञान ज्योति तुलसीपुरलाई फुटसल प्रतियोगिताको उपाधि


दाङ, २६ जेठ । ज्ञान ज्योति एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित संस्कार पाठशाला दाङको आयोजनामा सञ्चालन गरिएको फुटसल प्रतियोगिताको उपाधि ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ ।

आज भएको फाईनल खेलमा पब्लिक ज्ञान ज्योति माध्यमिक विद्यालय बम्नैलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै ज्ञान ज्योति तुलसीपुरले उपाधि जितेको हो ।

प्रथम र दोस्रो हुने टिमलाई नगत सहित सिल्ड, मेडल र प्रमाणपत्र ज्ञान ज्योति एजुकेसन फाउन्डेसनमा सिइओ सुरेन्द्र जिसीले प्रदान गर्नुभएको थियोे ।

कार्यक्रममा खेल अबधि गरि रेफ्रीको भुमिका निर्भाह गर्नुहुने कमल डाँगी र यलिस विकलाई मायाको चिनो सहित सम्मान गरिएको थियोे ।

फुटसल प्रतियोगितामा फाउन्डेसन अन्तर्गतका ८ विद्यालयहरुको सहभागिता रहेको खेल संयोजक सुरज वलीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै फाउन्डेसनमा सिइओ सुरेन्द्र जिसीले विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जोड्नका लागि फाउन्डेसनले फुटसल कोर्ट निर्माण गरेको बताउनुभयो ।

उहाँले प्रतियोगिताले खेलकुदको विकास गराउन, दक्ष खेलाडी उत्पादनमा महत्त्वपूणर् भुमिका खेल्ने बताउनुभयो । फुटसल कोर्टको उद्धघाटन गत बुधबार अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डाईरेक्टर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस