२०८१ मङ्सिर २३ गते आइतवार

विश्वकप क्रिकेट अमर माविमा सामुहिकरुपमा हेर्न सकिने

दाङ, २२ जेठ । १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम आज मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ । नेपाल र नेदरल्यान्ड्ससँगको खेल हेर्नको लागि नेपालीहरुको उत्साह पनि उत्तिकै रहेको छ । यसैबिच खेल हेर्नको लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले अमर माद्यामिक विद्यालयको प्राङगणमा प्रोजेक्टरको माध्ययमबाट खेल हेर्ने व्यवस्था गरेको छ ।

युवाहरुको क्रिकेट खेल प्रतिको आकर्षणलाई मध्यनजर गदै वडाले खेल हेर्ने व्यबस्था मिलाएको वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो । उहाँले सामुहिक रुपमा खेल हेर्नको लागि सम्पूणर् वडावासीहरुलाई अनुरोध गर्नु भएको छ । वडाले यसअघि नै दाङमै पहिलो पटक वडा स्तरिय वडा कप क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।

बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो । अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेटले महत्त्वका साथ हेरेको छ ।

पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ ।

१० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन् । १० वर्षको अवधिमा संरचनागत सुधार नभए पनि नेपाली क्रिकेट खेलाडीको मेहनतले फेरि विश्वकपको मैदानमा नेपाल पुगेको छ । नेपाली क्रिकेट फ्यानको १० वर्षको प्रतिक्षा मंगलबार राति अमेरिकाको डालास मैदानमा पूरा हुँदैछ ।

नेपालले पहिलो खेल मंगलबार राति ९ः१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ । नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस