२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा १२ वर्ष यताकै गर्मी : आजको अधिकतम तापक्रम ४० डिग्री सेल्सीयस भन्दा माथि


दाङ, १७ जेठ ।
दाङमा १२ वर्ष यताकै बढी गर्मी भएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा माथि पुगेको छ ।

आजको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सीयस मापन गरिएको श्रीया रिजालले बताउनुभयो । उहाँका अनुसार भोलि पनि गर्मी बढ्ने अनुमान गरिएको छ । दाङमा १२ वर्षअघि २०६९ जेठ ३२ अधिकतम ४१ डिग्री सेल्सीयस मापन गरिएको थियो ।

यस्तै न्युनतम तापक्रम २७ डिग्री सेल्सीयस मापन गरिएको छ । जुन न्यूनतम तापक्रम यो वर्षकै उच्च हो । गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ । पछिल्लो साता अधिकतम तापक्रम निरन्तर उकालो लागेपछि गर्मी अत्याधिक भएको हो ।

गर्मीका कारण दाङको घोराही, तुलसीपुर, लमही, गढवा लगायतका पालिकामा भोलिदेखि विद्यालय बन्द समेत गरिएको छ । बालबालिकालाई अत्याधिक गर्मीको असर देखिन थालेपछि केहि समयका लागि विद्यालय बन्द गरिएको पालिकाले जनाएका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस