२०८१ मङ्सिर २२ गते शनिवार

अबरुद्ध नेपाल टेलिकमको सेवा सुचारु, अझै मर्मतको काम जारी


दाङ, १४ जेठ । आज बिहानदेखि अबरुद्ध भएको नेपाल टेलीकमको सेवा सुचारु भएको छ । टेलिफोन सेवा अवरुद्ध भएको तीन घण्टापछि सेवा सुचारु भएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्मा अधिकारीले जानकारी दिनुभयो ।

बिहान करिब पौने १० बजेतिरबाट समस्या आएपछि दाङसहित रोल्पा, सल्यान, रुकुम लगायतका ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएको थियो ।

लमही-घोराहीको बिचमा फाइबरमा समस्या आएका कारण टेलिफोन सेवा अवरुद्ध भएको थियो । चौपट्टाको मन्दिर नजिकै डोजरले फाइबर तार काटेका कारण समस्या आएको थियो ।

लमहीबाट आएको ईन्जिनियरहरुको टोलीले मर्मत गरेपछि सेवा सुचारु भएको उहाँले बताउनुभयो । अहिले पनि मर्मतको काम जारी रहेको छ । सेवा पूणर्रुपमा सुचारु हुन केहि समय लाग्ने भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस