
दाङ, १२ जेठ । तुलसीपुर र घोराहीमा आज विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार एयरपोर्ट र फूलबारी फिडर अन्तर्गतका ठाउँमा विद्युत अवरुद्ध हुने भएको हो ।
तुलसीपुरदेखि फूलबारीसम्म विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले आज विद्युत अवरुद्ध हुने वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार एयरपोर्ट फिडर अन्तर्गतका गाइडहर, गोरखा बोर्डिङ, अटोभिलेज, क लाइन, ग लाइन, बाहिनी चोक, एयरपोर्ट लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।
यस्तै फूलबारी फिडर अन्तरगतका टरिगैँ, जसपुर, शितलपुर, रनियापुर, गाइखुट्टी, सिमलखुट्टी लगायतका ठाउँमा विद्युत अवरुद्ध हुने प्रमुख गोसलीले बताउनुभयो ।
प्रमुख गोसलीका अनुसार दुवै फिडर अन्तरगतका ठाउँमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने सुचनामा उल्लेख छ ।