२०८३ भाद्र ३ गते बुधवार

भोलि घोराही क्षेत्रमा विद्युत अवरुद्ध हुने


दाङ, ११ जेठ । घोराही क्षेत्रमा भोलि विद्युत अनियमित हुने भएको छ । झिङ्नी-घोराही ३३ केभि फिडर सटडाउन गर्नुपर्ने भएकाले घोराहीका अधिकांश क्षेत्रमा विद्युत अनियमित हुने विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले जनाएको छ ।

प्राधिकरणले आज सुचना जारी गरेर भोलि शनिबार (जेठ १२ गते) घोराहीका अधिकांश क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अनियमित हुने उल्लेख गरेको छ ।

यदि समयमै काम सम्पन्न भएमा तोकिएको समयअघि नै विद्युत सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस