
तुलसीपुर, २९ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भइरहेको निर्वाचनको समयअवधि थप गरिएको छ ।
बेलुका ५ बजेसम्म तोकिएकोमा मतदाताहरु लाइनमा धेरै रहेकालाई आधा घण्टा थप गरेर बेलुका साढे ५ बजेसम्म लम्ब्याएको निर्वाचन अधिकृत प्रविण लम्सालले जानकारी दिनुभयो ।
बेलुका ५ बजेसम्मको अपडेट अनुसार २ हजार ४ सय ५० मत खसेको उहाँले बताउनुभयो । मतदाता लाइनमा धेरै रहेकाले मतदान गर्ने समय थप गर्न सकिने अधिकृत लम्सालले बताउनुभयो ।
दिउँसो पानी परेका कारण आधा घण्टा स्थगित गरिएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३ हजार ४ सय ७७ जना मतदाता रहेका छन् ।
निर्वाचनमा नेपाली कांग्रेसका बिनिल केसीको नेतृत्वमा एउटा प्यानल र कांग्रसकै ललित जंग शाहको नेतृत्वमा ७ दलिय समर्थनमा अर्को प्यानल चुनावमा सहभागी भएका छन् ।
प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार