दाङ, १३ बैशाख । दाङमा मोटरसाइकलको ठक्करबाट सल्यानका एक वृद्धको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट शान्तिनगर गाउँपालिका-५ मा आफन्तकोमा बस्दै आएका सल्यानका ८० वर्षिय शमसेर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले पैदलयात्री थापालाई शान्तिनगर-५ स्थित ठक्कर दिएको हो ।
ठक्करबाट गम्भिर घाईते भएका वृद्धको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज बेलुका पौने ७ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मोटरसाइकल चालक दाङको बबई गाउँपालिका-३ बस्ने वर्ष २८ का कमल विक र मोटरसाइकलमा सवार बाँके राप्ती सोनारी गाउँपालिकाका ३० वर्षिय प्रकाश रसाईली घाईते भएको उहाँले बताउनुभयो । घाईतेमध्ये रसाईलीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुवै जनाको नेपालगञ्जमा उपचार भइरहेको छ ।