२०८१ मङ्सिर २३ गते आइतवार

सर्भरमा समस्या आएपछि तुलसीपुर विद्युत महशुल काउन्टरको सेवा बन्द

तुलसीपुर,२७ चैत । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र तुलसीपुरको सर्भरमा समस्या आएको छ ।

तुलसीपुर वितरण केन्द्रले एक सूचना जारी सो विषयमा जानकारी गराएको हो ।

महशुल काउन्टरमा रहेको सर्भरमा समस्या देखिएपछि महशुल बुझ्न समस्या भएको जारी सृचनामा भनिएको छ ।

सर्भरमा समस्या देखिएपछि आज पनि महशुल बुझ्न नसकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सर्भरमा समस्या देखिएपछि हिजोदेखि नै कार्यालयले महशुल बझ्न सकेको छैन् ।

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस