२०८१ जेष्ठ ८ गते मङ्गलवार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका कर्मचारीबिच फुटसल प्रतियोगिता

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीबिच मैत्रीपूणर् फुटसल प्रतियोगिता संचालन भएको छ । चार समुह विभाजन गरी भएको प्रतियोगितामा समुह ‘बि’ बिजेता बनेको छ ।

समुह ‘ए’ र समुह ‘बि’ बिच भएको फाइनल खेलमा समुह ‘बि’ बिजयी भएको हो भने समुह एले उपबिजेतामा चित्त बुझाएको छ ।

प्रतियोगिताको फाइनल खेलमा समुह ‘बि’ ले ‘ए’ लाई ६ का बिरुद्ध १० गोलले पराजित गरेको हो । नकआउट चरणमा खेल भएको थियो । पहिलो चरणको खेलमा समुह ‘ए’ र ‘डि’ अनि समुह ‘बि’ र ‘सी’ बिच प्रतिष्पर्धा भएको हो ।

पहिलो प्रतिष्पर्धामा समुह एले डिलाई ८ का बिरुद्ध १३ गोलले पराजित गरेको थियो । यस्तै समुह बि र सी बिच भएको खेलमा गोल बराबरी भएपछि पेनाल्टी सुट आउटमा बिले सीलाई पराजित गरेको थियो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको अस्पतालका रोमहर्ष केसीले जानकारी दिनुभयो । यस्तै खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने डा.नुरज श्रेष्ठलाई वेष्ट प्लेयर अवार्ड प्रदान गरिएको हो ।

राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षतामा प्रतियोगिता संचालन गरिएको हो ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस