२०८१ बैशाख ११ गते मङ्गलवार

एमबिबिएस पढाईका लागि स्वास्थ्य कार्यालयको भवन प्रतिष्ठानलाई हस्तान्तरण गरिदै

दाङ, २१ चैत । दाङको घोराही राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले एमबिबिएसको कक्षा सन्चालन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका कक्षाहरु सन्चालन गर्ने तयारीका सन्दर्भमा यसै आर्थिक वर्षदेखि तयारी व्यापक पारिएको जानकारी दिनुभयो ।

यसैक्रममा एमबिबिएसकै तयारीका लागि स्वास्थ्य कार्यालय दाङले प्रयोग गर्दै आईरहेको कार्यालय भवन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई हस्तान्तरण गर्ने भएको छ ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले प्रतिष्ठानमा एमबिबिएस कक्षा सन्चालनको तयारीका लागि भवन चाहिने भएकाले काममा सहजताका लागि स्वास्थ्य कार्यालयको भबन प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निणर्य गरिएको बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई स्वास्थ्यको भबन उपलब्ध गराउन सहयोग गरेकोमा प्रदेश सरकार, प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल, स्वास्थ्य सचिब डा. जनार्दन पन्थिसहित सहयोग गर्ने सरोकारवाला सबैलाई धन्यवाद दिनुभयो ।

रजिष्ट्रार लम्सालले स्वास्थ्य कार्यालयको भवनलाई एमबिबिएसको संचालनको तयारी गर्न उपयोग गरिने बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार त्यस भबनमा एमबिबिएस कक्षा सन्चालनका लागि नियुक्त हुने प्राध्यापकहरुको कार्यालय भवन र प्रतिष्ठानको प्रशासनिक भबनको रुपमा प्रयोग गरिने छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस