२०८१ बैशाख ५ गते बुधवार

दाङबाट ६१ खेलाडी छनौट

दाङ, १८ चैत । दाङ जिल्ला फुटबल संघले जिल्ला छनौटमा परेका १३ वर्षमुनिका छात्र / छात्रा फुटबल खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको युवा विकास परियोजना कार्यक्रम अन्तरगत एन्फा टेक्निकल सेन्टरमा एकेडेमी संचालन गर्न गरिएको जिल्ला छनौटमा दाङबाट छात्रतर्फ ४७ र छात्रातर्फ १४ खेलाडी छनौट गरिएको हो ।

तुलसीपुर अरनिको मैदानमा शुक्रबार र शनिवार भएको छनौट प्रतियोगितामा सहभागी भएका जिल्लाका विभिन्न स्थानीय तहका गरी ४ सय ४ जना खेलाडी मध्येबाट खेलाडी छनौट गरिएको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले जानकारी दिनुभयो ।

छनौट परेका छात्र खेलाडीमा प्रदिप घर्ती, तिलक बुढा, सुमन कुँवर ,नबिन शाही, बिकाश पुन ,सुमन पुन मगर, भुपेन्द्र जीएम, निश्छल, सुशान्त जिएम, संगम चन्द, यमराज डाँगी, बिभान भण्डारी, सोहेल बिक,आभाष योगी,संजय ओली, हेमराज बिक, समायोजन परियार, सम्राट बस्नेत, आर्जन गौतम, सुपप सिंह, आर्यन बुढा, प्रतिक केसी, नबिन रावत, रेमन ओली, रिकेश केसी छनौट भएका छन् ।

यस्तै दिनेश केसी, बिपिन बस्नेत, संयोग बुढा, प्रज्वल खड्का,आयुष बुढाथोकी, सुजन अग्री,कृष्ण बिक, बिशाल रावत, समिर चौधरी, देब बहादुर ओली,राज कुमार राना,सफल सिंह,सक्षम नेपाली, निकेश बोहरा, रंजित नेपाली,अनमोल सुनार, एलिश मगर, आयुष ओली, बिशाल रावत, करिम मिया,सन्दीप केसी,सम्युल श्रेष्ठ रहेका छन् ।

त्यसैगरी छात्रातर्फ आयुषा गिरी, पाना शाहा, एलिशा सुनाम,करिश्मा कुँवर,काजल बिक,पुनम खड्का,दीपशिखा केसी, रीतिका घर्ति,तुलसा रोका,सृष्टि चन्द,सरस्वती रोका,चेतना ओली, रेजिना ओली र वर्षा अधिकारी रहेका छन् । छनोट परेका खेलाडीले यहि चैत २४ देखि ३० गते सम्म संचालन हुने लुम्बिनी प्रदेश स्तरिय छनौट प्रतियोगितामा भाग लिनेछन् ।

प्रदेश छनौटमा परेका खेलाडीहरुले बैशाख ३ देखि १० गतेसम्म हुने राष्ट्रिय छनोटका लागि सहभागिता जनाउने दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।

छनौट कार्यक्रमको अनुगमन, निरिक्षण लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष केशव चौधरी मिग्मा र छनौट कमिटिको संयोजक तथा एन्फा दाङका कोच दुर्गा राजलवट रहनु भएको थियो । जिल्लास्तरिय छनौट प्रतियोगितामा ३० जना छात्रा र ३ सय ७४ जना छात्र गरि ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस