दाङ, २९ फागुन । नेपाल नगरपालिका संघको आधारभुत एवम माध्यामिक शिक्षा र खेलकुद विभागको सदस्यमा दाङका माधव वली मनोनित हुनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष तथा नगर प्रवक्ता समेत रहनु भएका वलीलाई नेपाल नगरपालिका संघको सोमबार बसेको बैठकले शिक्षा तथा खेलकुद विभाग सदस्यमा मनोनित गरेको हो ।
वली स्थानीय तहको निर्वाचनमा तुलसीपुर-१८ बाट पहिलो पटक २०७४ र दोस्रो पटक २०७९ मा वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिध हुनुहुन्छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार