दाङ, २७ फागुन । तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधीका लागि राईजिङ स्टार घोराही र सहारा फुटबल क्लब भिड्ने भएका छन् । फाईनल खेल आज आइतबार दिउँसो १ बजेदेखी सुरु हुने फाउन्डेसनका अध्यक्ष पोखर सिह डाँगीले जानकारी दिनुभयो ।
उपाधी होडमा रहेका दुबै टिममा सशक्त र शानदार खेल प्रदर्शन गर्ने खेलाडिहरुको वर्जश्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा साविक उपबिजेता टरिगाउ युवा क्लब तुलसिपुर लाई सुन्यका विरुद्ध एक गोलले पराजित गर्दै साहारा फुटबल क्लब लखनउ ले फाईनलमा राइजिङ स्टार संगको उपाधी भिड्न्त पक्का गरेको हो ।
प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिनुभयो ।