तुलसीपुर, २५ फागुन ।
राईजिङ स्टार फुटबल घोराही सर्वाधिक पुरस्कार राशीको तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा संचालित प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ लुम्बिनी प्रदेशलाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै राईजिङ स्टारले फाइनलको यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसीपुरमा भएको प्रतिस्पर्धात्मक खेलमा राईजिङ स्टारका जर्सी नम्बर १८ का अरुण चौधरी पहिलो हाफको २७ औ मिनेटमा पहिलो र दोस्रो हाफ्को १६ औ मिनेटमा दोस्रो गोल गर्नुभयो ।
त्यस्तै दोस्रो हाफ्को थप ३ मिनेटमा जर्सी नम्बर ११ का जमिर मियाले थप एक गोल गर्नुभयो ।
खेलमा राईजिङ स्टारका जर्सी नम्बर १८ का खेलाडी अरुण चौधरी म्यान अफ म्याच घोषित हुनुभयो ।
प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा टरिगाउ युवा क्लब तुलसीपुर र साहारा फुटबल क्लब लखनउ भिड्दैछन । खेल भोलि आईतबार दिउँसो २ बजेदेखि सुरु हुने फाउण्डेसनका अध्यक्ष पोखर सिह डाँगीले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उद्देश्यका साथ संचालित प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीती बहादुर गिरी प्रेसले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकीपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।
त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिनेछ ।