२०८१ माघ २ गते बुधवार

राज यातायात प्रालि अम्बिकेश्वरीसंग मर्ज

दाङ, २४ फागुन । अम्किेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिसंग राज यातायात प्रालि मर्ज भएको छ । राज यातायात प्रालि बिना सर्त अम्किेश्वरीसंग मर्ज भएको बिहिबार घोषणा गरिएको हो ।

यातायात सेवालाई थप व्यवस्थित गर्नका लागि दुई प्रालिबिच एकता भएको अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार दुई प्रालिबिचको एकता भएपनि नाम र लोगो अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिको नै रहने भएको छ । अम्बिेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि २०६० सालमा अम्बिकेश्वरी सार्वजनिक माइक्रो तथा मिनिबस समितिबाट संचालनमा आएको हो ।

अहिले राजसहित चारवटा प्रालि अम्किेश्वरीमा मर्ज भएसंगै अम्बिेश्वरीका करिब २ सय बसहरु संचालनमा रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । अम्बिकेश्वरीले देशका मूख्य सहर काठमाण्डौ, पोखरा, बुटवल, नेपालगञ्ज लगायतका लामो दुरीमा तथा छोटो दुरीमा बस सेवा संचालन गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले अन्य प्रालिसंग पनि एकता गर्न सकिने बताउनुभयो । राज अम्बिकेश्वरीमा मर्ज भएसंगै राज यातायात प्रालिका कर्मचारी पनि अम्बिकेश्वरीमा समायोजन भएको राज यातायात प्रालिका अध्यक्ष राजबिक्रम आरसीले बताउनुभयो । एउटै प्रकृतिको व्यवसाय भएकाले अम्किेश्वरीसंग मर्जमा गएको बताउनुभयो ।

अम्बिेश्वरीका सल्लाहकार सुरेन्द्र केसीले सरकारले प्रालि खोल्ने बाटो खुल्ला गरेपनि यातायात व्यवसाय संचालनको वातावरण बनाउन नसकेको बताउनुभयो ।

उहाँले सडकको दुरावस्था, अस्वस्थ प्रतिष्पर्धा लगायतका कारण यातायात व्यवसाय धरापमा पर्न थालेको बताउनुभयो । उहाँले धरापमा पर्दै गएको यातायात व्यवसाय एकताबाट सहज बनाउन सकिने भएकाले पनि पछिल्लो समय यातायात प्रालि मर्जको प्रक्रियामा गएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस