कपुरकोट, २३ फागुन । सल्यानको कपुरकोटमा रहेको साना किसान कृषि सहकारी संस्थाले मंगलबार वित्तिय साक्षरता तालिम संचालन गरेको छ । सहकारीका सदस्य तथा अन्य नागरिकलाई वित्तिय साक्षरता तालिम संचालन गरेको हो ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटको आयोजना तथा साना किसान विकास बैक लघुवित्त वित्तीय संस्था लिमिटेड बिरेन्दनगर सुर्खेतको आर्थिक सहयोगमा वित्तिय साक्षरता तालिम संचालन गरिएको हो ।
संस्थाका उपाध्यक्ष मनिराम रानाको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता एवं गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
त्यस अवसरमा गाउँपालिका अध्यक्ष पुनले खर्च गरेर भन्दा पनि वचत गरेर खर्च गर्ने बानीको विकास हुनुपर्ने बताउनुभयो । हरेक नागरिकलाई वित्तिय साक्षरता तालिम आवश्यक रहेको भन्दै उहाँले साना किसान कृषि सहकारी संस्थाले वित्तिय साक्षरताका लागि महत्वपूणर् भूमिका खेलेको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष भण्डारीले आम्दानी र खर्चको विश्लेषण गर्न सक्नु नै वित्तिय साक्षरता भएको बताउनुभयो । कपुरकोट गाउँपाकिला वडा नम्बर ४ का कार्यबहाक अध्यक्ष रेशम चन्दले आम्दानी धेरै गरेर बचत गर्न नसक्दा जीवन दुखदायी हुने बताउनुभयो ।
तालिममा आम्दानी , खर्च , बजेट , बचत, ऋण, बिमा लगायतको बारेमा प्रशिक्षण गरिएको हो । तालिमका प्रशिक्षक तथा साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक जित प्रसाद आचार्यले जिवनको समृद्धिको लागि वित्तीय श्रोतहरूको प्रभावकारी व्यवस्थापन गर्न ज्ञान र सीपको प्रयोग सक्ने क्षमता वृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो ।
तालिममा ६६ जना महिला र ६ जना पुरूष गरी ७२ जनाको सहभागीता रहेको उहाँले बताउनुभयो ।