
सल्यान, २३ माघ । सल्यान जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्डमा छत्रेश्वरी गाउँपालिका प्रथम भएको छ ।
छत्रेश्वरीले १५ स्वणर्, १२ रजत र ११ काश्य गरी ३८ पदक हात पारेर प्रथम भएको हो । यस्तै कपुरकोट गाउपालिका ३४ पदक हात पारेर दोस्रो भएको छ ।
कपुरकोटले १० स्वणर्, ११ रजत र १३ काश्य पदक हात पारेको छ ।
कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा रहेको जीवनज्योति नमुना माविमा संचालित प्रतियोगितामा २४ पदकसहित शारदा नगरपालिका तेस्रो भएको छ । शारदाले ९ स्वणर्, ७ रजत र ८ काश्य पदक हात पारेको छ ।
कसको कति पदक :

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार