२०८१ बैशाख ५ गते बुधवार

जीवन ज्योति नमुना माविमा आजदेखि जिल्लास्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

सल्यान, २१ माघ । सल्यानको रिममा आजदेखि जिल्लास्तरिय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । बिहान ११ वजे शिल्डको उद्घाटन गर्ने गरि आवश्यक सम्पुणर् तयारी पुरा भएको जिल्ला खेलकूद विकास समिती सल्यानले जनाएको छ ।

करिब एक हजार खेलाडी सहभागि हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेक्टिक्स र मार्सल आर्ट अन्र्तगतका विभिन्न विधाका खेलहरु हुने जिल्ला खेलकूद विकास समिती सल्यानका अध्यक्ष खड्ग प्रसाद आचार्यले जानकारी दिनुभयो ।

खेलकुद विकास समिति सल्यानको आयोजना तथा जीवन ज्योती नमुना माध्यमिक बिद्यालय रिमको ब्यबस्थापनमा हुन लागिको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियागिता चाहिने सम्पूणर् खेलकुदका सामाग्री भने कपुरकोट गाउँपालिकाले व्यवस्थापन गर्ने छ ।

प्रतियोगिताको उद्घाटन भने नेपाल सरकारका भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्नु हुने जीवन ज्योति नमुना माविका प्रधानाध्यापक भूपाल साहुले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस