२०८१ बैशाख ५ गते बुधवार

जीप रोकर चालक पसलमा गएको बेला अचानक चल्दा दुई जनाको मृत्यु

अर्घाखाँची, २० माघ । अर्घाखाँचीमा जीप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

भूमिकास्थान-२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु १ ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

वडाध्यक्ष भोजराज खनालकाअनुसार भूमिकास्थान-२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँहडाका डेमकला बेल्वासेको मृत्यु भएको हो । घाइते पाणिनि गाउँपालिका-१ कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले शनिबार बिहान करिब साढे ६ बजेतिर ढाकाबाङबाट सन्धिखर्क जाँदै गरेको जिप चालकले बीच बाटोमा न्यूट्रलमा छाडेर पसलमा गएको बेला दुर्घटना भएको हो । जीप करिब दुई सय मिटर तल झरेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस