२०८१ मङ्सिर २३ गते आइतवार

दाङमा अन्तरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको तयारी तिब्र

दाङ, १३ माघ । दाङ जिल्ला अन्तरपालिका स्तरिय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद युवा तथा मन्त्रालयको तत्त्वावधान एवं लुम्बिनी खेलकुद परिषदको आर्थिक ब्यबस्थापनमा संचालन हुने प्रतियोगिता यहि माघ २७ गते देखि सुरु हुने भएको हो ।

प्रतियोगिता यहि २७ देखि २९ गते सम्म जिल्लाको रनिङ शिल्ड संचालन गर्ने निणर्य गरेको समितीका कोषाध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । समितिका अध्यक्ष राज कुमार हमाल पोख्रेलले खेलाडीको फारामहरु माघ २४ भित्र जिल्ला खेलकुद विकास समितिको कार्यालय बेलझुण्डीमा बुझाई सक्नुपर्ने बताउनुभयो ।

जिल्लाको रनिङ शिल्डमा अघिल्लो वर्षमा विद्यालयबाट सहभागी हुने गरेकोमा यस वर्षदेखि पालिका-पालिका बिच प्रतिस्पर्धा हुने भएको छ । यस्तै भलिबल र कबड्डी खेलमा प्रत्येक पालिकाका छात्र /छात्रा एक एक टिम हुनेछन् ।

व्यक्तिगत विधातर्फ भने पालिकास्तरका प्रथम र द्वितियलाई जिल्लामा सहभागी गराईनेछ । यसैबिच आयोजक जिल्ला खेलकुद विकास समितिले रनिङ शिल्ड प्रतियोगितालाई भव्य एवं सभ्य बनाउन आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस