२०८१ बैशाख ५ गते बुधवार

बबई रनिङ शिल्डको उपाधि सरस्वती मावि चरमटियालाई

बबई, १० माघ । बबई गाउँपालिका अन्तर विद्यालयस्तरिय १६ आँै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती मावि चरकमटियाले जितेको छ ।

सरस्वती मावि चरकमटियाको आयोजना तथा बबई गाउँपालिकाको आर्थिक व्यवस्थापनमा संचालित प्रतियोगितामा १२ स्वणर्, ९ रजत र ६ कास्य पदक हात पार्दै आयोजक सरस्वती मावि चरकमटियाले रनिङ शिल्ड जितेको हो ।

त्यस्तै लगातार तीन वर्ष जित निकाल्दै शिल्ड कब्जा गरेको मावि पदमपुर १२ स्वणर्, ७ रजत र १० कास्य पदकका साथ द्वितिय हुँदा सरस्वती जनता मावि गङ्गटे ५ स्वणर्, ४ रजत र ५ कास्य पदकका साथ तृतीय भएको आयोजकले जनाएको छ ।

तीन दिनसम्म संचालन भएको प्रतियोगितामा पालिकास्तरका सामुदायिक तथा निजि विद्यालय गरि १२ विद्यालयको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस