
दाङ, ३ माघ । लागुऔषध दुव्र्यसन बिकराल समस्या बन्दै गएको छ । समाजमा भित्राभित्रै भुसको आगो झैँ फैलिरहेको लागुऔषध दुव्र्यसनको कुलतमा युवाहरु फस्दै जाँदा नियन्त्रणमा चुनौति बढीरहेको छ ।
आमाबुवाको कम निगरानी, साथीभाईको लहलहै लगायतका कारण लागुऔषध दुव्र्यसनीमा फस्ने युवाहरुको संख्या बढीरहेको नयाँ पाईला पुर्नस्थापन केन्द्र बिजौरीका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभयो ।
बालबालिकालाई लागुऔषध दूव्र्यसनको कुलतबाट बचाउन सबैभन्दा बढी भूमिका अभिभावक अर्थात आमावुवाको रहेको उहाँको भनाई छ । पछिल्लो समय आमाबुवाले बालबालिकालाई निगरानी गर्न नसक्दा लागुऔषधको कुलतमा लाग्ने युवाहरुको संख्या बढीरहेको कार्यकारी निर्देशक भुषालले बताउनुभयो ।
उहाँले अहिलेसम्म करिब १ हजार ४ सयलाई उपचार गरिसकेको बताउनुभयो । उपचार गर्न आउनेमा करिब ३० प्रति महिला तथा बालिका रहेका छन् भने ७० प्रतिशत पुरुष रहेका छन् । समयमै उपचार पाएपछि संभव भएको तर अधिकांश ढिलो अवस्थामा उपचार आउने गरेको उहाँको भनाई छ ।
नसा तथा मानसिक रोग विषेशज्ञ डा.मोहन बेलबासेले लागुपदार्थले केन्द्रिय स्नायुप्रणालीमा प्रभाव पारेर मानिसका भावना, चिन्तन र विचारमा उत्तेजना ल्याइदिने भएकोले यूवायूवतीहरु जानजानी वा साथीभाइहरुको लहैलहै र करकापमा परी लागूपदार्थको दुव्र्यसनीमा फस्ने गरेको बताउनुभयो ।
कुलतमा फसेको थाहा नपाउनु, फसिसकेपछि पनि इज्जत, प्रतिष्ठाका कारण गुपचुप पारेर राख्नुले गर्दा बाहिरी तथ्याङ्क कम रहे पनि भित्रि रुपमा यो समस्याको रुपमा भयानक बन्दै गएको उहाँले बताउनुभयो ।