२०८१ मङ्सिर २३ गते आइतवार

यामाहा ब्राण्ड स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगिता

तुलसीपुर, २९ पुस । यामाहा शोरुम तुलसीपुरले यामाहा ब्राण्डको स्कुटरको माइलेज च्यालेन्ज प्रतियोगिता गरेको छ । ड्रिमल्यान्ड ट्रेर्डस प्रालिले आफुले विभिन्न ग्राहाकहरुलाई बिक्रि गरेका स्कुटरहरुको माइलेजको अवस्था बुझन तुलसीपुरमा शनिवार माइलेज च्यालेन्ज प्रतियोगिता गरेको शोरुम म्यानेजर लंकबहादुर खडकाले बताउनुभयो ।

यामाहाको नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले रे जेट आर १२५ स्कुटरको तुलसीपुर शोरुमहरुमा माइलेज च्यालेनजको आयोजना गरि स्कुटरको वास्तविक अवस्था सेवाग्राहीमा पुर्‍याएको रिजिनल म्यानेजर अश्मिन बुढाथोकीलेले बताउनुभयो ।

सो अवसरमा विभिन्न अन्य खेलहरु समेत खेलिएको थियो । रे जेट आर १२५ स्कुटरको माइलेज प्रतियोगितामा समीर खत्री प्रथम, रेशम रावल दोस्रो र अमित चौधरी तेस्रो हुनुभएको छ । उहाँको क्रमस ७८.६७, ७६.१३, र ७५.४८ प्रतिलिटर माइलेज रहेको थियो ।

यो स्कुटरको विशेषताहरुमा एफआइ सिस्टम, साइड स्टेन इन्जीन कटअफ सिस्टम, स्मार्ट मोर्टर जेनेरेटर सिस्टम, अल्ट्रा लाइट वेट ९९ केजीका कारण माइलेज वृद्धि हुन्छ ।

इन्धनको मुल्य वृद्धि भइरहेको अवस्थामा प्रतिलिटर ७८ किलोमिटर माइलेज दिने स्कुटर भएको हुँदा यो सबैको लागि बढी उपयोगि रहेको खडकाले बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस