२०८१ चैत्र ७ गते बिहिवार

वडास्तरीय भलिबल प्रतियोगिता सुरु

रोल्पा, २६ पुस । रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ मा वडास्तरिय भलिबल प्रतियोगिता शुरु भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथमा खेलकुद आयोजना गरिएको हो ।

वडामा भलिबल प्रतियोगीता पहिलो पटक गरिएको हो । वडा नम्बर ८ मा खेल र खेलाडीको विकास गर्ने उदेश्यले चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार खेलकुद आयोजना गरिएको हो ।

खेल मैदान अभावका कारणले वडामा राखिनुपर्ने खेल वडा नम्बर ८ को खसगोरी खेलमैदानमा राख्न बाध्य भएको वडा अध्यक्ष तुलसी पुनले बताउनुभयो ।

खेलकुद, शिक्षा, स्वास्थ्य,क्षेत्र लगाएत विभिन्न विकासका हिसाबले पनि पछि परेको र बिकट वडा भएकोले यसलाई विकास गर्न गाउँपालिकाले प्राथमिकतामा पारेको गाउँपालिका अध्यक्ष जनक पुनले बताउनुभयो ।

पुर्व जनप्रतिनीधीहरुले यस वडामा खासै चासो नदेखाएको हुँदा यो डेढ वर्षको अबधीसम्म गाउँपालिकामा भएको विभिन्न खेलकुदहरुमा यस वडाबाट कुनै पनि खेलाडी सहभागी नभएको कुरा निकै दुखद पक्ष भएको उहाँले बताउनुभयो ।

आगामी दिनमा यस वडामा पनि खेल क्षेत्रको विकास गरि खेलाडीलाइ अन्य वडा सरह प्रतिस्पर्धामा उतार्ने लक्ष्य रहेको अध्यक्ष पुनले बताउनुभयो ।

कार्यपालिका रेस्मा बहकरीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव हस्त दर्लामीले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस