सल्यान, २६ पुस । छत्रेश्वरी गाउँपालिकाको पालिका स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
वडा नम्बर ६ स्थित शारदा माध्यमिक विद्यालय शंखमुलको खेलमैदानमा हुने प्रतियोगितामा पालिकाभित्रका ९ वटा माध्यमिक विद्यालयले भाग लिनेछन् ।
यही पुस २८ गते सम्म सञ्चालन हुने प्रतिगोगिता अन्तर्गत बिहिबार आज विहान ११ बजे समुद्घाटन समारोह तय गरिएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्राको भलिबल, कबड्डी, एथ्लेटिक्स तर्फ दौड, उफ्रने, फ्याक्ने खेलहरु सञ्चालन हुनेछन् । यस्तै मार्सल आर्ट तर्फ कराते, तेक्वान्दोका खेलहरु पनि सञ्चालन हुने छ ।
प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार