२०८१ बैशाख ५ गते बुधवार

बालकको मृत्युपछि अवरुद्ध सडक अझै खुलेन


दाङ, १६ पुस । बसको ठक्करबाट बालकको मृत्यु भएपछि आफन्तले घोराही तुलसीपुर सडक अवरुद्ध पारेका छन् । सोमबार राती नौ बजेसम्म मृतक बालकको शब आफन्तले सडकबाट उठाएका छैनन् ।

पिडित परिवार र बस व्यवसायीबिच वार्ता जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो । सहमती जुट्न नसक्दा सडक अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घोराही-तुलसीपुर सडकखण्ड अन्तगर्त तुलसीपुर-१८ दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङगैका ७ वर्षका सागर चौधरीको मृत्यु भएको हो ।

तुलसीपुर-१८ जनकल्यान माद्यामिक विद्यालयबाट घर फर्कदै गर्दा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको गरेको भे १ ख ३६९७ नम्बरको बसले सोमबार दिउँसो चार बजेतिर ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस