२०८१ कार्तिक २९ गते बिहिवार

दमारगाउँ बस दुर्घटना अपडेट (घाइतेको नामावलीसहित)

दाङ, १५ पुस । बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । अमिलिय -तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-१३ दमारगाउँ बनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आईतबार बिहान दुर्घटना हुँदा ३५ जना बढी घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेलाई उद्धार गरी तुलसीपुर ल्याइएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४० जना सवार रहेकाे अनुमान गरिएकाे छ । प्रहरीका अनुसार केही यात्रु नेपालगन्जतर्फ गएका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समुह दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा संग्रालयमा पिकनिकका लागि आउँदै गरैको बस दुर्घटनामा परेको हो ।

बसको बे्रक फेल भएर दुर्घटनामा परेको डिएसपी पोखरेलले बताउनुभयो । बस सडकको नालातिर गएकाले पनि ठुलो मानविय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

दुर्घटनाका घाईतेहरूकाे नामावली :
१.बर्दिया बढैया ताल गा.पा.६ बस्ने बर्ष ३८ को बिष्णु थारुको छाति,वाँया हात र टाउकोमा चोट,अबस्था मध्यम ।
२. मैनापोखर बस्ने बस्ने बर्ष ७ की निरु थारुको टाउको,हात र कानमा चोट,अबस्था मध्यम ।
३.ऐ.ऐ.बस्ने बर्ष ४० की ढन्जु चौधरीको टाउको,छाति र ढाडमा चोट,अबस्था मध्यम ।
४. बस चालक ऐ.ऐ.बस्ने बर्ष ४२ को शन्ताराम थारुको ढाड र नाकमा चोट,अबस्था मध्यम । (मा.प.से.नगरेको र कागजपत्र भएको)
५. ऐ.ऐ.बस्ने बर्ष १० कि कृतिका थारुको टाउको र छातिमा चोट,अबस्था मध्यम ।
६. ऐ.ऐ.बस्ने बर्ष ३० की अनिता थारुको छातिमा भित्री चोट,अबस्था सामान्य ।
७. ऐ.ऐ.बस्ने बर्ष ५ को सिद्धार्थ थारुको वाँया आँखा र हातमा चोट,अबस्था सामान्य ।
८. ऐ.ऐ.बस्ने बर्ष ३५ की रुपा थारुको नाक,छाति र ढाडमा चोट,अबस्था मध्यम ।
९. ऐ.ऐ.बस्ने बर्ष १४ की सरु थारुको वाँया आँखा र छातिमा चोट,अबस्था सामान्य ।
१०. ऐ.ऐ.बस्ने बर्ष ३७ को राम गोपाल थारुको अनुहार र छातिमा चोट,अबस्था सामान्य ।
११. ऐ.ऐ.बस्ने बर्ष ११ की प्रिन्सा थारुको हात र छातिमा चोट,अबस्था सामान्य ।
१२. ऐ.ऐ.बस्ने बर्ष ३४ की प्रभा कुमारी थारुको छातिमा भित्री चोट,अबस्था मध्यम ।
१३. ऐ.ऐ.बस्ने बर्ष २२ की जुना थारुको छाति र हातमा चोट,अबस्था मध्यम ।
१४. ऐ.ऐ.बस्ने बर्ष २६ की प्रविना थारुको छातिमा चोट,अबस्था सामान्य।
१५. ऐ.ऐ.बस्ने बर्ष ४२ को सुरेश कुमार थारुको टाउको र खुट्टामा चोट,अबस्था सामान्य ।
१६. ऐ.ऐ.बस्ने बर्ष ११ को आदित्य थारुको वाँया आँख,छाति र टाउकोमा चोट,अबस्था मध्यम ।
१७.ऐ.ऐ.बस्ने बर्ष १० की रक्षा थारुको छाति र चिउडोमा चोट,अबस्था मध्यम ।
१८. ऐ.ऐ.बस्ने बर्ष ३३ की बसन्ती थारुको हात र टाउकोमा चोट,अबस्था मध्यम ।
१९. ऐ.ऐ.बस्ने बर्ष ११ को रवि थारुको टाउकोमा चोट,अबस्था सामान्य ।
२०. ऐ.ऐ.बस्ने बर्ष २५ की सेराहानी चौधरीको टाउको र छातिमा चोट,अबस्था मध्यम ।
२१.ऐ.ऐ.बस्ने बर्ष ३५ की अष्टोरिया थारुको टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
२२.ऐ.ऐ.बस्ने बर्ष ४० की दानी थारुको हात र अनुहारमा चोट,अबस्था सामान्य ।
२३.ऐ.ऐ.बस्ने बर्ष ४० को धर्म नेपालीको ढाडमा चोट,अबस्था सामान्य ।
२४.ऐ.ऐ.बस्ने बर्ष ६ की अनुस्का थारुको छातिमा चोट,अबस्था सामान्य ।
२५.ऐ.ऐ.बस्ने बर्ष ३० की रिता थारुको छाडमा चोट,अबस्था मध्यम ।
२६.ऐ.ऐ बस्ने बर्ष ३० की हरिकला चौधरी छाति ढाडमा चोट,अबस्था सामान्य ।
२७.ऐ.ऐ.बस्ने बर्ष ४० की गिता थारु ढाडमा चोट,अबस्था सामान्य ।
२८.ऐ.ऐ.बस्ने बर्ष ३६ को सरोज कुमार थारु ढाड र हातमा चोट,अबस्था सामान्य ।
२९.ऐ.ऐ.बस्ने बर्ष ३५ को राजकुमार थारु टाउको र खुट्टामा चोट,अबस्था सामान्य ।
३०.ऐ.ऐ.बस्ने बर्ष ३१ की राजकुमारी थारु ढाडमा चोट,अबस्था सामान्य ।
३१.ऐ.ऐ.बस्ने बर्ष २५ की सिर्जना थरु ढाडमा चोट,अबस्था सामान्य ।
३२.ऐ.ऐ.बस्ने बर्ष १७ की सर्मिला थारु खुट्टा र ढाडमा चोट अबस्था सामान्य ।
३३.ऐ.ऐ.बस्ने बर्ष ४० की पुस्पा थारु ढाडमा चोट,अबस्था सामान्य ।
३४.ऐ.ऐ.बस्ने बर्ष ५६ की मोहिनी थारु ढाड र टाउकोमा चोट अबस्था सामान्य ।
३५.ऐ.ऐ.बस्ने बर्ष ३ की आशुका थारु छातिमा चोट,अबस्था सामान्य ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस